वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

गुलरियामा घरको आँगनमा राखेको गाडीमा आगलागी

        सुदीप अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, बैशाख १९, २०७४ ।    

गुलरिया,बर्दिया ।
घरको आगनमा पार्किङ्ग गरी राखिएको गाडीमा अचानक आगलागी भएको छ । गुलरिया नगरपालिका वडा नं ४ टपराका विनोदकुमार पण्डितको आफनै घरको आगनमा पार्किङ्ग गरि राखेको बा १६ च ३२४४ नम्बरको गाडीमा मंगलबार दिउँसो अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
गाडीमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । आकस्मिकरुपमा गाडीमा आगलागी हुँदा पाँच लाख रुपैँया बराबरको क्षती भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा गुलरिया नगरपालिका ४ की पार्वती गोडियालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: