वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

गाविस हटेर आजदेखि गाउँपालिका भए, देशभर स्थानीय तहको संख्या ७ सय ४४

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन २७, २०७३ ।    

बर्दिया ।
नयाँ संविधानअनुसार पुनर्संरचनापछिको स्थानीय तह शुक्रबारदेखि कार्यान्वयनमा आएको छ ।

फागुन २२ गते सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको हो । नयाँ संरचनाअनुसार महानगर ४, उपमहानगर १३, नगरपालिका २ सय ४६, गाउँपालिका ४ सय ८१ रहने छन् । वडाहरुको संख्या ६ हजार ६ सय ८० रहने छन् । यसअघि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए ।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले राजपत्रमा प्रकाशित सूचना शुक्रबार सार्वजनिक गर्दै आजैबाट नयाँ संरचना लागू भएको घोषणा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्: