वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

गायिका अनिता चलाउनेको मामाले खोजिदिए १० वर्ष जेठो पिआरवाला केटो (भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६ ।    
Loading...

मामाले खोजेको केटो
म भन्दा १० वर्ष जेठो…
छन त विदेशको पिआर छ,

बर्दिया- यी लाईन हुन् गायिका अनिता चलाउनेको भर्खरै आएको गीतको । बर्दियाली चेली, गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको पञ्चेबाजामा आधारित बिल्कुलै नयाँ गीत ‘विदेशको पिआर छ’ बजारमा आएको छ । सो गीतको अडियो-भिडियो गायिका चलाउनेको युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा गायिका चलाउनेलाई प्रसिद्द गायक तथा संगीतकार बसन्त थापाले गायन र संगीतमा साथ दिएका छन ।

मोडल दुर्गेश थापा र सोनिका रोकायको रोमान्चक अभिनय र नृत्य रहेको भिडियोमा हास्यकलाकार राजा राम पौडेलको समेत देख्न सकिन्छ । बब्बु थापाले निर्देशन गरेको यो भिडियोमा प्रल्हाद सुवेदीको शब्द, मौसम हिमालीको कोरियोग्राफि अनि अजय रेग्मीले छायांकन गरेका हुन । अनिता चलाउनेको यो अहिले युट्युब र टिकटकमा भाईरल छ।

पुरा भिडियो हेर्नुहोस् –

प्रतिक्रिया दिनुहोस्: