वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

गाउँमा हात्ती आउँदा अब तपाईंको मोबाईलमा एसएमएस र साइरन बज्ने

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, माघ १२, २०७३ ।    

भुरिगाउँ, बर्दिया।
जंगली हात्ती गाउँमा आएको जानकारी अब मोबाइलमा एसएमएस आउने र साइरन बजेर सूचना दिने प्रविधि बर्दिया राष्ट्रिय निकुञ्ज किनारको एक गाउँमा जडान गरीएको छ ।

जंगली हात्ती गाउँमा आएको जानकारी दिन एसएमएस आउने र साइरन बजेर सूचना दिने प्रविधिको परीक्षण बुधबारबाट खाता जैविकमार्ग अन्र्तगत सुर्यपटुवा–१ को पथ्थरबोझी गाउँमा सुरु गरीएको हो ।
सबैभन्दा बढी जंगली हात्ती आएर आतंक मच्चाउने र जनधनको क्षती पुर्याउने गरेको जंगली हात्ती प्रभावित गाउँ सुर्यपटुवाको पथ्थरबोझीमा सूचना प्रविधि परीक्षणका लागि पाइलट प्रोजेक्टका रुपमा जडान गरीएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।
‘यो प्रविधि अर्ली अर्लामीङं सिस्टम अन्र्तगत सेन्सर जडित उपकरण हो, हात्ती आएमा झण्डै २०, २५ वटा मोवाइलमा सँगै एसएमएस आउँछ र साइरन बज्छ त्यसपछि स्थानीय सतर्क हुन्छन्’ थापाले भन्नुभयो ।
यो प्रविधि प्रभावकारी भएमा निकुञ्जका सबै जंगली हात्ती प्रभावित क्षेत्रमा जडान गर्ने योजना रहेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत थापाले बताउनुभयो । डब्लु डब्लु एफ नेपालको सहयोगमा गोकर्णजंग थापासहितको टिम आएर सूचना दिने प्रविधिको परीक्षण सुरु गरीएको हो ।
निकुञ्ज आसपासका गाउँमा जंगली हात्तीले गएको केही वर्ष यता आतंक मच्चाएर जनधनको क्षति गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: