वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

गजल: कसरी गर्नु भन त बातचित,नबोली नबोली?

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक ३०, २०७४ ।    

डि बि रास्कल, बर्दिया
कसरी गर्नु भन त बातचित , नबोली नबोली ।
बनाइदिन्छ्यौ मलाई चिन्तित, नबोली नबोली ।

मैले मन फुकाएँ तिम्रो सामू,हारेँ पनि मैले नै,
खै कसरी हात पार्छ्यौ जित, नबोली नबोली ।

तिमी कहाँ छ्यौ पत्तै नदिइ कसरी हुन्छ्यौ,
मेरा हर कुरामा सम्मिलित, नबोली नबोली ।

तिमी कुरा गर्छ्यौ, मेरो आँटको कुरा गर्छ्यौ,
गरिदिन्छु ज्यान नै समर्पित, नबोली नबोली ।

प्रतिक्रिया दिनुहोस्: