वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

खो–खो खेलका खेलाडीले पाए खेल सामाग्री

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, कार्तिक १६, २०७५ ।    

सुदीप अधिकारी
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी अभ्यास खेल खेलीरहेका खो–खो खेलका खेलाडीहरुलाई एक व्यक्तिले खेल सामाग्री प्रदान गरेका छन् । ठाकुरबाबा नगरपालिमा स्थायी घर भई हाल काठमाण्डौ बसोबास गरिरहेका समाजसेवी विनय रावलले खो खो खेलका खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरेका हुन् ।
समाजसेवी रावलले खेलाडीलाई खेलका क्रममा आवश्यक पर्ने एल्बो प्याड, नी प्याड र जुत्ता प्रदान गरेका हुन् । खो–खो खेलको अभ्यास खेल खेलिरहेका जिल्लाका ३५ जना खेलाडीलाई एक–एक जोर एल्बो प्याड, नी प्याड र जुत्ता गरि करिव ५० हजार रुपौँया बराबरको खेल सामाग्री समाजसेवी रावलले प्रदान गरेको खो–खो संघ बर्दियाका अध्यक्ष छत्र शाहीले जानकारी दिए । रावलले अभ्यास खेल खेलिरहेका खेलाडीलाई खाजाका लागि नगद रु ३० हजारसमेत प्रदान गरेको अध्यक्ष शाहीले बताए ।
सामाग्रीको अभावमा खेलाडीलाई खेल अभ्यास गर्न गाह्रो भइरहेको जानकारी पाएपछि उनीहरुको खेललाई सहयोग गर्न सामाग्री उपलब्ध गराएको समाजसेवी रावलले बताए । रावलले यस अघि क्रिकेट खेलाडीका लागि करिव ८० हजार रुपौँया बराबरको क्रिकेट सामाग्री प्रदान गरेका थिए ।
जिल्लामा १४ देखि २१ वर्ष उमेरका १४ केटा, २१ केटी गरि ३५ जनाले खो खो अभ्यास खेल गरिरहेका छन् । खेल सामाग्री पाए पछि आफुहरु निकै खुशी भएको खेलाडी गोपी तिमिल्सेनाले बताए । ‘ खुट्टामा जुत्ता नभएर खाली खुट्टा दौडेर खेलको अभ्यास गरिरहेका थियौ । अब जुत्ता र प्याड पायौँ । खेल्न झनै सजिलो हुने भयो, ’ खेलाडी तिमिल्सेनाले खुशी हुँदै भने । खेलाडीका लागी अझै सेफ्टी प्याडको आवश्यक रहेको खेल प्रशिक्षक नवराज न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्: