वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

खैराहा खोलामा डुबेर एक सैनिकको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०७४ ।    

ठाकुरद्वारा, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुन्जस्थित खैराहा खोलामा डुबेर एक सैनिकको मृत्यु भएको छ ।
निकुन्ज मुख्यालय ठाकुरद्वाराबाट नियमित निकुन्ज सुरक्षामा खटिएका तीन सैनिकमध्ये ३४ वर्षीय हेमराज बुच्छेको खोलमा डुबेर मृत्यु भएको निमित्त संरक्षण अधिकृत अशोककुमार भण्डारीले जानकारी दिनुभयो । हिजो गस्तीमा खटिएका अन्य दुई जना भने सकुसल छन् । सैनिक जवान बुच्छेको आज शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाउने निकुञ्जले जनाएको छ । रोल्पा कुरेली गाउँपालिका घर भएका सिपाही बुच्छे १३ वर्षदेखि सेनामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...