वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

खजुरामा एथलेटिक्स प्रतियोगिताको तयारी अन्तिम चरणमा

        भगतराम थारु   |   प्रकाशित मिति: बुधबार, पुस ५, २०७४ ।    

खजुरा,बाके।
बाँकेको खजुरामा हुने दोश्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिताको लागि आज फिल्डको अनुगमन गरिएको छ । खजुरा गाउपालिका-२ सितापुरमा यही पुष १२ गतेदेखि १४ गते सम्म संचालन हुने दोश्रो एथलेटिक्स प्रतियोगिता प्रतियोगिताको लागि फिल्डको तयारी बारे मंगलवार अनुगमन गरिएको हो ।
मध्यपश्चिम खेलकुद विकास समितिको सम्मन्वय तथा बाँके जिल्ला एथलेटिक्स संघको आयोजनामा राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता हुन लागेको हो ।
प्राविधिक उपसमितिका संयोजक चन्द्र बहादुर गुरुङले फिल्डको तयारी अन्तिम चरणमा पुगेको बताए। आयोजकले खजुराको शुक्र मावि केगाउँको प्राङगणमा हुने प्रतियोगिताको तयारीका लागि मंच व्यवस्थापन, फिल्ड व्यवस्थापन लगायतको तयारी धमाधम भैरहेको जनाएको छ । प्रतियोगिताको पहिलो ट्याक तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ५ हजार मिटर र ४ गुणे ४ सय मिटर रिले दौड तथा फिल्ड तर्फ लामो दुरीको जम्प, ट्रिपल जम्प, सटपुट र ज्याभलिन रहेको पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भिम ओलीले बताए ।
देशभरका हरेक विकास क्षेत्रबाट १६ खेलाडी तथा दुई जना अफिसियल गरि ९० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सफल पार्न खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिको अध्यक्षतामा मुल आयोजक समिति गठन समेत गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता चुस्तदुरुष्ट पार्न आयोजकले विभिन्न उपसमिति समेत चयन गरेको छ । प्रतियोगिताको मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समेत रहेको आयोजकले जनाएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पुर्वधार निर्माण कार्य तिव्र गतिमा बढिरहेको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्: