वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

कोठियाघाटमा पौडि खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, कार्तिक १०, २०७४ ।    

मधुवन, बर्दिया ।
बर्दियाको कोठियाघाटमा पौडि खेल्ने क्रममा बेपत्ता भएका युवकको चार दिन पछी शव फेला परेको छ । सुर्खेत बिरेन्द्रनगर घर भई बाँकेको पिपरीमा तिहार मनाउन आएका २४ वर्षिय मुकेश ढकाल कर्णाली नदिको भंगालो कोठियाघाटमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए ।
नुहाउने क्रममा बेपत्ता भएको स्थान देखि झण्डै तिन सय मिटर तलतिर प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको प्रहरीले जनाएको छ । पिकनिकका लागि बर्दियाको कोठियाघाट पुलमा आएका ढकाल नदिमा पौडि खेल्ने क्रममा मंगलबार बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: