वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

कृषि मेला प्रदर्शनी सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, माघ २१, २०७४ ।    

राजापुर,बर्दिया ।
राजापुरमा चलेको कृषि मेला प्रदर्शनी उल्लेख्य किसान सहित दर्शकहरुको उपस्थितिमा सम्पन्न भएको छ । राजापुर नगरपालिकामा कृषि व्यापार पर्यटन र पूर्वाधार राजापुर विकासको आधार नाराका साथ स्थानिय किसानको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको मेलामा उल्लेख्य स्टलको व्यवस्था गरी किसानको उत्पादनलाई प्रदर्शनमा राखिएको थियो ।
कृषि मेला प्रदर्शनीमा विभिन्न १४ जातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी समूह, सागपात समूह, दलहन तथा तेलहन समूह, आलु समूह, मसला समूह, माछा, मौरी, लगायतको कृषि स्टल राखिएको उत्पादनहरुलाई मूल्याङ्कनका साथ प्रथम द्वितीय र तृतीय गरी छुट्याईएको थियो । कृषि मेला प्रदर्शनीमा राखीएका विभिन्न बालीमा मुल्याङ्कन गरेर मुल्याङ्कनका आधारमा प्रथमलाई २ हजार द्वितियलाई १ हजार ५ सय, तृतियलाई १ हजार र सान्त्वना हुने किसानका कृषि उपज वस्तुहरुलाई ५ सय नगद पुस्कार तथा प्रमाण पत्र समेत वितरण गरीएको आयोजकले जनाएको छ । स्थानिय स्तरमा यस्ता मेलाको आयोजनाले कृषकमा थप हौसला आउने राजापुर ३ मुरैयाका किसान राम कुमार थारुले बताए ।
जिल्ला कृषि समन्वय समिति अध्यक्ष मुक्ति प्रसाद पौडेलले कृषि क्षेत्रको विकासका लागि उचित वजेट विनियोजन गर्नु पर्ने बताएका छन । मेलाको समापन नगरस्तरीय कृषि समन्वय समितिका अध्यक्ष चेतराम थारुले गरेका थिए । मेलामा देखाईएका विभिन्न झाँकीहरुलाई पनि मूल्याङ्कन गरी पुरस्कृत गरिएको छ । कृषि मेला प्रदर्शनी ३ दिन अर्थात माघ २० गतेसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्: