वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

कृषि पर्यटन व्यापार तथा राजापुर महोत्सव- २०७४

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, माघ २०, २०७४ ।    

बर्दियाको राजापुरमा कृषि पर्यटन व्यापार तथा राजापुर महोत्सव २०७४ हुने भएको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुर बर्दियाको आयोजनामा यहि माघ २९ गते देखि फाल्गुन ९ गतेसम्म महोत्सव संचालन हुने भएको हो ।
‘कृषि पर्यटन उद्योग व्यापार, राजापुर क्षेत्रको विकासको आधार ´ भन्ने मुल नाराका साथ संचालन हुन लागेको महोत्सवमा विभिन्न कृषि उपजहरुको प्रदर्शनी, पर्यटन विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको जानकारी गराउने हेतुका साथ विभिन्न पर्यटकिय स्थलहरुको चिनारी गराउने खालका सामाग्रीहरुको प्रदर्शनी, विभिन्न व्यापारिक तथा घरायसी प्रयोगका सामग्रीहरु,पिङ, झुला, मौतका कुवा, बालबालिकाहरुका लागि विभिन्न खेल सामाग्रीहरु लगायतको ब्यबस्था गरिने उद्योग वाणिज्य संघ राजापुरले जनाएको छ ।

साथै महोत्सव अवधिभर थुप्रै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने महोत्सव निर्देशक बिराज बिष्टले जानकारी दिए । महोत्सवमा चर्चित नायक दिलिप रायमाझी, हास्यकलाकार कमल गाउले, सुरबिर पन्डित, भटभटे माइला, गायक रामजी खाण, चन्द्र शर्मा, पुश्कल शर्मा, कृष्ण रेउले, दुर्गेश थापा, कमल खत्री, अर्जुन कौशल, टंक तिमिल्सिना, गोबिन्द मधुर आचार्य, सन्दिप न्यौपाने, प्रेम बिबस घर्ती, तिलक वलि, गायिका पुर्णकला बिसि, ज्योति मगर, भुमिका गिरी, कला पङगीनी शान्ती श्री परियार, टीका सानू,डिला बस्याल ,खिमा सापकोटा,टीका तारामी मगर,प्रीति आले मोडेल अञ्जली अधिकारी,लक्ष्मी बोहोरा,सन्ध्या पौडेल ,लोसिना लामिछाने, दुर्गा वलि लगायतका कलाकारहरुको प्रस्तुति रहने निर्देशक बिष्टले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्: