वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

कुनै पनि हालतमा संबिधान संसोधन गर्न दिदैनौः एमाले उपाध्यक्ष गौतम

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, चैत्र २, २०७३ ।    

 

राजापुर, बर्दिया ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संबिधान संसोधन गर्न कुनै पनि हालतमा नदिने बताउनु भएको छ । नेकपा एमालेको मेचीमहाकाली अभियान अन्र्तगत बुधवार (आज) बर्दियाको राजापुरमा आयोजित सभालाई सम्वोधन गर्दै सम्वोधन गर्दै भन्नुभयो -“संबिधान संसोधन गर्ने कुचेष्टा नगरे हुन्छ । हामी कुनैपनी हालतमा मान्दैनौ ।”
नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेश तर्फ इंकित गर्दै एमाले उपाध्यक्ष गौतमले देश बिखण्डन गर्ने तत्वहरु आफै बढारीएर जाने उद्घोष गर्नुभयो । जातिय राज्यको नारा लगाएर नेपाललाई रुवान्डा बनाउन खोजेको आरोप लगाउदै यस्तो कुरा एमालेलाई मान्य नहुने बताउनु भयो ।
मेचीमहाकाली अभियानका क्रममा २ नम्वर प्रदेशमा घटेको घटना समेत दुःखद भएको भन्दै उपाध्यक्ष गौतमले बिदेशीको इसारामा नेपाल घुसपैठ गरि आएका पाटी आफै टुक्रने तर देश नटुक्रने प्रष्ट पार्नुभयो ।
कैलालीको टिकापुर घटना घटाउने मधेसी मोर्चाका कार्यकर्ता रहेको उपाध्यक्ष गौतमको आरोप छ ।
कार्यक्रमलाई सम्वोधन गर्न नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमंत्रि झलनाथ खनाल र पुर्व प्रधानमंत्री माधव कुमार नेपाल लगायत नेता कार्यकर्ताको टोली बर्दियाको राजापुर आएपनी संवोधन नगरेरनै फर्किएका छन् । नेकपा एमालेको मेचीकाली अभियान अन्र्तगत आज राजापुरमा आयोजना गरिएको सभामा ३ सय बढिले बिभिन्न पाटी परित्याग गरि एमालेमा प्रवेश गरेको बर्दिया क्षेत्र नम्वर ४ का संयोजक पहाडी थारुले बताउनु भयो । यसै बिच नेकपा एमालेको मेचीमहाकाली अभियान अन्र्तगत आजै कैलालीको टिकापुर र लम्कीमा सभाको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: