वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

कालोपत्रे गरिदैँ हुलाकी सडक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५ ।    

बर्दिया ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको बर्दियाको हुलाकी सडकमा कालोपत्रे गर्ने कामले तिब्रता पाएको छ । हुलाकी सडकको सानोश्री देखि खैरापुर सडक खण्डमा कालोपत्रेको काम शुरु भएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले हुलाकी सडक कालोपत्रे कामको अनुगमनलाई अघि बढाए संगै कालोपत्रे हुने कामले तिब्रता पाएको हो ।

मधुवन नगरपालिकाको सानोश्री क्षेत्रबाट हुलाकी सडक कालोपत्रे गर्ने काम तिब्र रुपमा सुरु भएको हो । हुलाकी सडक कालोपत्रे गर्न ठेक्का पाएका तिन ओटा ठेकेदार कम्पनी मध्ये गणपती ग्रुप कन्स्ट्रकसन कम्पनिले कालोपत्रेको काम सुरु गरेको छ  । कालोपत्रेका लागि प्राईमर कोड सुरु गरेको छ । कालोपत्रेको पहिलो दोस्रो चरणको काम भएको कम्पनिले जनाएको छ । अव दोस्रो चरणको काम सकिएकाले केही हप्ता भित्रै फिनिसिङ गर्दै जाने ठेकेदार कम्पनिले जनाएको छ ।

हुलाकी सडकमा कालोपत्रेको काम सुरु भएसंगै बर्दियाबासीले हुलाकी सडकको काम छिट्टै पुरा हुनेमा आशावादी छन । पहिलो चरणमा सानोश्रीबाट कुसुम्बाघाटसम्मको सडक कालोपत्रे हुनेछ । लगत्तै खैरापुरसम्म कालोपत्रे गरिने ठेकेदारले जनाएको छ । वेलवा – राजापुर र बेलवा – भुरीगाउँ सडक खण्डमा संगै काम सुरु गरेका अन्य दुई ठेकेदार कम्पनिले भने कामको गति बढाउन सकेका छैनन । यो खण्डमा अहिले ग्रावेल हालेर सडक सम्याउने काम मात्र भइरहेको छ । भुरिगाउँदेखि वेलवा चोकसम्मका अधिकाशं कलर्भट र पुल पनि अपुरो अवस्थामा छन् ।

यो पनी पढ्नुहोस् :

सदरमुकाम जोड्ने हुलाकी सडक धुलाम्मे हुँदा स्थानियलाई सास्ती

बाटो धुलोमय हुँदा बगनाहा बजारका ब्यापारीहरु मर्कामा

बन्ने भयो बर्दियाको सदरमुकाम जोडने हुलाकी सडक

हुलाकी सडक निर्माण आषाढ मसान्त भित्रै कालोपत्रे गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

प्रतिक्रिया दिनुहोस्:


Loading...