वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

‘काँग्रेस प्रवेश नगरेपछि सिचाँईमन्त्रीबाट जागिर खोसिएको खुलासा’ ! (भिडियो सहित)

        एजेन्सी   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४ ।    
Loading...

बारबर्दिया,बर्दिया।
विकास र रोजगारीको मुख्य चुनावी नारा बनाएका सिचाई मन्त्री एवं बर्दियाबाट प्रतिनीधि सभा क्षेत्र नं १ का उम्मेदवार संजय गौतमले आफ्नो रोजगारी खोसिदिएको एक महिलाले खुलासा गरेकी छन् । बबई सिचाई आयोजनाको कार्यालय धधवार बैदीमा कार्यरत बारबर्दिया नगरपालिका वडा नं ८ दुधा बस्ने भगवती गौतमले सिचाई मन्त्री एवं प्रतिनीधि सभाका उम्मेदवार संजय गौतमले आफ्नो रोजगारी खोसेका खुलासा गरेकी हुन् ।

सुकुम्बासी बस्तीमा बस्ने भगवतीका श्रीमानले अर्कै श्रीमती लगेर लामो समय देखि कान्छी श्रीमतीसंग बस्दै आएका छन् । २ वटा छोरा र सासु आमा पाल्दै आएकी भगवती आफु आर्थिक अभावका कारण छोरा पढाउन र सासु आमा पाल्न धौ धौ भएको बताएकी छन् । उनले भनिन् – ‘छोरा कमाउने भएका छैनन् बुढाले नहेरेको १५ बर्ष बित्यो । यस्तो अवस्थामा काँग्रेसीहरुले मलाई रोजगारीबाट निकाले ।’

नेपाली काँग्रेस प्रवेश गर्न दवाव दिएपनि आँफु उक्त पार्टीमा प्रवेश नगरेपछि भएको रोजगारी खोसिएको उनले दावी गरेकी छन् । ‘साँझ विहानको छाक मात्र होईन अव छोराको पढाई र सासु आमाको औषधि उपचार गर्ने जोहो कहाँ गर्ने होला’ भन्दै आँसु पुछ्दै भगवतीले भनिन् –‘सबैलाई रोजगारी दिन्छु भन्दै सिचाई मन्त्री एवं प्रतिनीधि सभा क्षेत्र नं। १ का उम्मेदवार संजय गौतम गाउँ गाउँ हिडेका छन् । मेरो भएको जागिर त खोसियो अरुलाई कसरी जागिर देलान र ? ’

महिलाको रोजगारी खोसिएको विषयमा आयोजना प्रमुख रमेश बन्धु अर्यालसंग कुरा गर्दा दैनिक ज्याला मजदुरीमा काममा लगाएको भन्दै काम सकिएकोले निकालिएको बताएका छन् । आयोजना प्रमुखले यसो बताएको भएता पनि भगवती गौतमलाई हटाएर नेपाली काँग्रेसकी निरु देवकोटालाई राखिएको स्रोतले बताएको खबर न्युज २४ डट टिभीमा छ ।

प्रतिक्रिया दिनुहोस्: