वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

कल वाईपास गर्ने तीन जना कारागार चलान

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, पुस २०, २०७३ ।    

गुलरिया, बर्दिया ।
अनधिकृत रुपमा अन्र्तराष्ट्रिय कल बाइपास गरेको अभियोगमा पक्राउ परेका तिन जनालाई जिल्ला अदालत बर्दियाले कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले मंसिर २२ गते कल बाइपास गरेको आरोपमा पक्राउ परेकालाई जिल्ला अदालत बर्दियाले पुस १९ गते मंगलवार पूर्वपक्षका लागी कारागार चलान गरेको हो ।

कारागार चलान भएकाहरुमा गुलरिया नगरपालिका वार्ड नं। ८ वस्ने वर्ष २७ का संदिप कुमार खड्का, भारतको बहराईच जिल्ला थाना मोतिपुर ग्राम वलैगाउँ वस्ने वर्ष ३७ को सब्बु भनिने एहतिसाम अहमद र बर्दिया डेउढाकला घर भई हाल कालिका गाउँ विकास समिती वार्ड नं। ६ वस्ने वर्ष ३७ का चुल्लुराम चौधरी रहेका छन ।

कल वाईपासबाट नेपाल दुरसञ्चार सेवा प्रदायक कम्पनीलाई २ करोड १८ लाख ९६ हजार रुपैया नोक्सानी भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...