वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

कतारको भिसा नलागेपछि बर्दियाका युवा बने सफल होटेल व्यवसायी

::सफलताको कथा::

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, पुस २७, २०७३ ।    

काठमाण्डौ ।
गर्ने हो भने बिदेश भौतारिनु नै पर्दैन । तपाईंसँग मन हुनु पर्‍यो । काम गर्ने जाँगर हुनु पर्‍यो र लगानीको बाटो ।

हामीसँग यस्तो एउटा पात्रको वास्तबिक जीवनको कथा छ, जुन पढेपछी तपाई एक पटक सोच्न थाल्नुहुन्छ । उनी यस्ता पात्र हुन जो पटक पटक बिदेश जान प्रयास गरिरहे तर भिसा लाग्दै लागेन र अन्तत: नेपालको राजधानीमै आफ्नै व्यवसाय सुरु गरेर अहिले मनग्गे आम्दानी गरेका छन ।

…केही नयाँ सोच राखेर काम गर्नु पर्छ, राम्रो आम्दानी यतै पनि गर्न सकिन्छ। बिदेश जानु भएको भए पनि कमाएको रकमको सही सदुपयोग गर्न सक्नुपर्छ । योजना अनुसार चल्न सक्यो भने कमाएको पैसाले प्रतिफल दिन्छ ।”

धधवार-६ वैदी, बर्दियाका त्रिलोक श्रेष्ठ हाल काठमाण्डौको नयाँ बसपार्क मित्रनगरमा होटेल ब्यवसायमा संलग्न भई विदेशमा भन्दा राम्रो आम्दानी गर्नु भएको छ । ८ कक्षासम्म अध्ययन गर्नुभएका श्रेष्ठले कतार जानको लागि थुप्रै पटक प्रयास गर्दा पनि भिसा नलागेको तितो अनुभव सुनाउदैं भन्नुभयो-“त्यही कतारको लागि भनेर वर्षौ ट्राइ गरियो, २-३ लाख भन्दा बढी पैसा पनि खर्च गरियो तर भिसा झर्दै झरेन । यत्तिकै बस्ने कुरा पनि भएन, मनले अर्कै कुरा सोच्न थाल्यो । त्यसपछी होटेल व्यबसाय तिर हात हालेँ ।”

“शुरुमा त के गर्ने कसरी गर्ने भन्ने भएको थियो । गंगाधर अधिकारी,केशब श्रेष्ठ लगायतका साथीभाईहरुको सहयोग र मार्गदर्शनले गर्दा काम आटें ।”
कुल ३५ लाखको लगानीबाट यो व्यवसाय सन्चालन गर्नुभएको उहाँले बताउनुभयो । कृषि बिकास बैंकबाट १० लाख र बाँकी अन्य श्रोतबाट ऋण लिई गत असार १ गते उद्घाटन गरिएको यो होटेल अत्याधुनिक सुबिधायुक्त रहेको श्रेष्ठले बताउनु भयो ।

जुन सपना लिएर यो ब्यवसाय सन्चालन गर्नुभएको थियो श्रेष्ठले त्यो अहिले पुरा हुँदै गएको बताउदैँ भन्नुभयो,”सोचेभन्दा राम्रो कमाई भइरहेको छ । बाँके, बर्दिया,दाङ लगायतका जिल्लाहरुबाट आफ्नै सोचेर हामीकहाँ आईदिनुहुन्छ, खुशी लाग्छ ।”  उहाँसँग ६ वर्ष ७-एलेवेन नामक पसलमा क़यासियरको रूपमा मलेशियामा काम गरेको अनुभब छ ।
प्राय: विदेश जानका लागि आउनेहरु, बसका स्टाफ साथीहरु,स्वदेशी तथा विदेशहरू पनि आउने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

आफु लगायत अरु चार जनालाई पनि रोजगार मिलेको बताउने श्रेष्ठ आफ्नै देशमा घरपरिवारसँग रमाएर बस्न पाउँदा निकै सन्तुष्ट रहेको बताउनुहुन्छ । भन्नुहुन्छ-” छोराछोरीलाई राम्रै स्कुलमा पढाउन सकिएको छ, घरबार पनि राम्रै चलेको छ। बचत पनि बिदेश गएभन्दा राम्रै हुने गरेको छ ।”

महिनामा औसतमा डेढ लाख जती बचत हुने गरेको अनुभव सुनाउदै भन्नुभयो,”हामी बिदेश बिदेश भन्छौँ, गर्न खोज्यो भने यतै पनि सकिदो रहेछ, मेरो आफ्नो अनुभव हो । काम सुरु गर्दा केही नयाँ सोच राखेर गर्नु पर्छ, राम्रो आम्दानी यतै पनि गर्न सकिन्छ। बिदेश जानु भएको भए पनि कमाएको रकमको सही सदुपयोग गर्न सक्नुपर्छ । योजना अनुसार चल्न सक्यो भने कमाएको पैसाले प्रतिफल दिन्छ ।”

बर्दियाका पर्यटकिय स्थल तथा बर्दिया राष्ट्रिय निकुन्ज घुम्नको लागि स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई घुम्ने घुमाउन ब्यवथा पनि रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: