वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

ओराही खोलामा २ वटा ट्याक्टर डुब्यो

        भावुक योगी   |   प्रकाशित मिति: आइतवार, साउन २२, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
बर्दियाको भुरीगाउँ ठाकुरद्धारा सडक खण्ड अन्र्तगत पर्ने ओराही खोलामा बाढी आउँदा २ वटा ट्याक्टर खोलामा डुबेको छ ।
ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजारबाट बकुवा बजारमा पसलको समान लिए जाँदै गरेको गगन सुनारको भे १ त ६७०७ र नारायण सापकोटाको ७०१७ नम्बरको ट्याक्टर डुबेको दिपेन्द्र बुढाले जानकारी दिनुभयो ।
बजारबाट सामान लिएर जाँदै गर्दा खोलामा ट्याक्टर डुबेको र झण्डै २ लाख मुल्य बराबरको पसलको समान पनि नष्ट भएको छ । खोलामा बाढी घटे लगत्तै स्काभेटरको सहयोगबाट ट्याक्टर निकाल्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: