वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

एसएलसी परीक्षाको तयारी पूरा, टीकापुर क्षेत्रमा सात वटा परीक्षा केन्द्र

          |   प्रकाशित मिति: बुधबार, चैत्र ४, २०७१ ।    
दुर्गा देवकोटा/ टीकापुर, चैत्र ०४
कैलाली जिल्लामा चैत्र ५ गतेबाट शुरु हुने एसएलसी परीक्षाको तयारी पूरा भएको छ । टीकापुर स्रोत केन्द्रमा पनि एसएलसी परीक्षाको तयारी सबै पूरा भएको जनाइएको छ । टीकापुर स्रोत केन्द्रमा यसबर्ष ७ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । परीक्षा केन्द्रमा सिट प्लानिङको तयारी पूरा भैसकेको जनाइएको छ । विरेन्द्र विद्या मन्दिर उच्च माविका प्राचार्य यज्ञराज ज्ञवालीले कागजी सिट प्लानिङ भैसकेको बताउंदै कक्षाकोठामा भोलि विहान मात्रै लेखिने जानकारी दिनुभयो । स्रोत ब्यक्ति टिकाराम जोशीले दिनुभएको जानकारी अनुसार टीकापुर क्षेत्रमा सात वटा परीक्षा केन्द्र रहेका छन् । यसवर्ष टीकापुर स्रोत केन्द्र अन्र्तगत कर्णाली मावि टीकापुर, खड्ग स्मृति उच्च मावि टीकापुर, विरेन्द्र विद्या मन्दिर उच्च मावि टीकापुर, खड्ग मेमोरियल उच्च मावि टीकापुर, सरस्वती मावि बनगाउं, सेति मैया मावि झुंगा, राष्ट्रिय मावि बेलुवामा एसएलसी परीक्षा हुने भएको छ ।
स्रोत ब्यक्ति जोशीले यसवर्ष एसएलसी परीक्षामा टीकापुर क्षेत्रबाट सामुदायिक विद्यालयबाट  जना नियमित तर्फ ८ सय ३६ र एक्जाम्टेड तर्फ चार सय ३४ जना सहभागी हुने जानकारी दिनुभयो । त्यस्तै संस्थागत विद्यालयबाट नियमित तर्फ ८ सय ३३ जना र एक्जाम्टेड तर्फ ७६ जना सहभागी हुदैछन् । स्रोत ब्यक्ति जोशीले सात वटै परीक्षा केन्द्रमा सबै तयारी सकिएको र प्रश्नपत्र र उत्तरपुस्तिका सबै टीकापुर पुगिसकेको जानकारी दिनुभयो । 
    यस वर्ष  एसएलसी दिनेको संख्या देशैभरि ५ लाख ७४ हजार ६ सय ८५ रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले जनाएको छ । परीक्षा नियन्त्रक विष्णु  बहादुर द्वारेले दिएको जानकारी अनुसार  यो वर्ष नियमित तर्फ एसएलसी दिनेमा छात्र भन्दा छात्राको संख्या बढी छ । छात्रा २ लाख १३ हजार ७ सय १० छन् भने छात्र २ लाख १२ हजार ५ सय ४ रहेका छन् । एक्जाम्टेड तर्फ छात्रा ८५ हजार ९ सय ३० छन् भने छात्र ५९ हजार २ सय ५३ जना छन् । साथै प्राविधिकतर्फ छात्र दुई हजार ३७ र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुनेछन् ।
News &Views
प्रतिक्रिया दिनुहोस्: