वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

एम्बुलेन्स बिग्रेर थन्किदा गेरुवाका बिरामी मर्कामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, माघ २०, २०७४ ।    

गेरुवा,बर्दिया।
गेरुवा गाउँपालिकामा रहेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रको एम्बुलेन्स बिग्रदा चार महिना देखि एम्बुलेन्स सेवाबाट स्थानिय प्रभावित भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष, छतिवन सामुदायिक वन लगायत विभिन्न संघ संस्थाको सहयोग र चन्दा संकलनबाट ५ वर्ष अघि २०६९ साल साउनमा सामुदायिक स्वास्थ्य केन्द्रले किनेको एम्बुलेन्स बिग्रीएपछी मर्मत गर्ने रकम अभावमा एम्बुलेन्स सेवा प्रभावित भएको हो ।
गाउँपालिकाको एक मात्र एम्बुलेन्स मर्मत हुन नसक्दा बिरामीहरु एम्बुलेन्स सेवा नपाएर उपचारमा भएको ढिलाई भएका कारण ज्यान समेत जाने गरेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज मोहन बहादुर जिसीले बताए । एम्बुलेन्सका लागि रातीमा रोएर फोन आउँछ, बिग्रीएको भन्नु बाहेक केही हुन्न, समस्या छ । ग्राभेल सडकमा केही महिना अघि एम्बुलेन्स दुर्घटना हुँदा नराम्ररी बिग्रीएपछी रकम अभावले मर्मत गर्न नसकीएको केन्द्रका ईन्चार्ज मोहन बहादुर जिसीको भनाई छ ।
मर्मतका लागि गाउँपालिकाले सुनुवाई नगरेको स्वास्थ्य सेवा केन्द्रको गुनासो छ । एम्बुलेन्स नहुँदा बिरामीहरुले चर्को रकम खर्च गरि निजि सवारी साधन प्रयोग गर्न बाध्य छन् । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केसिले एम्बुलेन्स आवश्यक साधन हो, चार महिनादेखि बिग्रीएको छ, ममर्तका लागि सहयोग नगर्ने भन्ने हुँदैन चैत्रसम्म केही सहयोग गर्ने प्रयास गर्ने जनाए । संस्थाले एम्बुलेन्स किन्न सहयोग गर्‍यो उसैले गर्नुपर्ने हो, तर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्न सकेमा अझैँ छिटो बनाउन सकिने केसीको भनाइ छ । हस्तान्तरण गर्नुपर्ने गाउँपालिकाको माग छ । गैरसरकारी संस्था महासंघले हस्तान्तण गर्न नमिल्ने जनाएको सामुदायिक स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: