वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

एक दिने सहकारी अभिमुखिकरण तालिम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, चैत्र २७, २०७३ ।    

सुर्यपटुवा, बर्दिया ।
मधुबन नगरपालिका-१, सुर्यपटुवामा एक दिने सहकारी अभिमुकरण तालिम सम्पन्न भएको छ । स्वरोजार साना किसान सहकारी सस्थां लिमिटेडको आयोजना तथा साना किसान प्राइभेट इलाका कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा साना किसान बिकास लिमिटेड नेपालगञ्जका हरि न्यौपाने, साना किसान सहकारी सस्था लिमिटेड तारातालका डम्मर केसी र साना किसान सहकारी सस्था लिमिटेड ढोढरीका सुमन पाण्डेले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा ६० जना सहभागि थिए भने कार्यक्रम सस्थाकी अध्यक्ष अनिता चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: