वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

उपशाखा स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, जेष्ठ २८, २०७४ ।    

बगनाहा, बर्दिया ।
नवौं बगनाहा उपशाखा स्तरीय जुनियर युवा रेडक्रस गोष्ठीे मिर्चैयामा सम्पन्न भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका अन्र्तगत रहेको नेपाल रेडक्रस बगनाहा उपशाखाको आयोजनामा आयोजित गोष्ठीले उपशाखा स्तरीय गत वर्षको कार्यक्रमको समीक्षा गर्दै यस बर्षको कार्यक्रम तालिका निर्धारण गरेको छ ।
यसैगरी गोष्ठीले नेपाल रेडक्रस सोसाईटी, बगनाहाका सदस्य यज्ञ नेपालको संयोजकत्वमा ७ सदस्यीय उपशाखा स्तरीय जुनियर, युवा रेडक्रस समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा वद्रि कठायत, सदस्यहरूमा राजेन्द्र शर्मा, रमिला गिरी, प्रदिप भण्डारी, घनश्याम न्यौपाने, शुसिला शाही रहनु भएको छ ।
हिमालय आधारभुत विद्यालय मिर्चैयाको आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बगनाहाका सभापति पुष्पराज बजगाई, सदस्य एवं किसान माध्यामिक विद्यालय वनकट्टीका प्रधानाध्यापक नवराज ढुंगाना, उपसचिव एवं हिमालय आधारभुत विद्यालय मिर्चैयाका प्रधानाध्यापक कलिराम कुश्मा, उपशाखा ढोढरीका अशोक सिग्देल, शिक्षक नायक दिलसरा भण्डारी लगायतका वक्ताहरूले सम्वोधन गर्नु भएको थियो ।
जुनियर, युवा रेडक्रस समितिका संयोजक यज्ञ नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन मिर्चैयाका शिक्षक नायक प्रितम कुमार थारूले संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्:


Loading...