वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

रम्मापुरमा उद्घोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, साउन २५, २०७४ ।    

रम्मापुर, बर्दिया।
बारबर्दिया नगरपालिकाको रम्मापुरमा मगर विद्यार्थीको व्यक्तित्व विकासका लागि संचालन गरिएको ५ दिने उदघोषण तथा आधारभुत पत्रकारिता र नेतृत्व विकास विषयक तालिम मंगलबार सम्पन्न भएको छ ।
मगर समुदायका विद्यार्थीहरुका लागि क्षमता विकासमा सहयोग मिल्ने अभिप्रायले तालिमको आयोजना गरीएको नेपाल मगर संघ जिल्ला समिती बर्दियाका अध्यक्ष धर्मराज घर्तिले बताउनुभयो ।
सहभागी प्रशिक्षार्थीलाई सफलताको कामना व्यक्त गर्दै मगर समुदायको कला संस्कृती संगै वन, वन्यजन्तु र जैविक विविधता संरक्षणका क्षेत्रमा कलम चलाउन विशेष अतिथी समेत रहनुभएका अध्यक्ष धर्मराज घर्तिले आग्रह गर्नुभयो ।
मगर समुदायका युवालाई रेडियो तथा पत्रकारिता क्षेत्रमा आवद्ध गराई क्षमता अभिवृद्धी गर्ने उदेश्यले आयोजना गरीएको उद्घोषण तथा आधारभुत पत्रकारिता र नेतृत्व विकास तालिममा बर्दियाका ८ वटै स्थानिय तहका मगर समुदायका ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाल मगर संघको सहयोगमा तथा नेपाल मगर विद्यार्थी संघको आयोजनामा कार्यक्रम सम्पन्न गरीएको तालिमका व्यवस्थापक तथा नेपाल मगर संघ बारबर्दिया ईकाइ कमिटी वडा नम्बर ७ का सचिव कमल रोकाले जानकारी दिनुभयो ।
तालिममा प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सचिव तथा रेडियो टाइगर एफ एमका स्टेशन म्यानेजर भावुक योगी, उदघोषिका लिला दर्लामी मगर, पत्रकार बालकृष्ण वली लगायतले प्रशिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: