वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

उत्कृष्ट कृषकहरुलाई सम्मान गर्दै सकियो गेरुवामा कृषि मेला प्रदर्शनी

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, माघ १४, २०७४ ।    

शान्तिबजार,बर्दिया।
बर्दियाको गेरुवामा चलेको गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनी शनिबार सम्पन्न भएको छ । गेरुवा गाँउपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत तथा कृषकलाई कृषि पेशा प्रति थप प्रोत्साहित गर्ने उद्देश्य सहित आयोजित ३ दिने गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनी-०७४ उत्कृष्ट कृषक/समुहहरुलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो ।
गेरुवा गाउँपालिका, गाउँपालिका स्तरिय कृषक समन्वय समिति, जिल्ला स्तरिय कृषि विकास एलाईन्स, वजार व्यवस्थापन समिति शान्तिवजार र गाउँपालिका अन्तरगतका गठित कृषक समुह तथा कृषि सहकारी संयुक्त आयोजनामा सञ्चालित कृषि मेला प्रदर्शनीमा गेरुवा गाउँपालिका वडा नं-६ का ठाकुरप्रसाद चौधरी र वडा नं-१ की जनदुलारी चौधरीलाई गेरुवा गाउँपालिकाकै उत्कृष्ठ कृषकका रूपमा दोसल्ला ओढाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । कृषि मेला प्रदर्शनीको समापनका अवसरमा गाउँपालिमा गठित कृषक समुह तथा कृषकहरुले उत्पादन गरेका विभिन्न प्रजातिका खाद्यान्न बाली , फल तरकारी बाली , काउलीवाली , सागपात, नगदे बाली , आलु वाली, माछा तथा हाँस , जरे वाली , फलफुल वाली , लहरे वाली एवम विविध गरी ११ वटा वस्तुगत तथा स्टल सजावट , झाँकी , र साँस्कृतिक झलक गरी १४ वटा विधामा प्रथम , द्वितिय , तृतिय र सान्त्वना प्राप्त गर्ने कृषक समुह तथा कृषकहरुलाई समेत नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
मेलाको समापन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले कृषि पेशालाई व्यवस्थित गर्न सहकार्यको खाचो औल्याउँदै कृषकको आयस्तर बढाउन कृषी पेशालाई व्यावसायिक बनाईनु पर्नेमा जोड दिएका छन । गाउँपालिका सदैव कृषकहरुको पक्षमा रहेको बताउँदै कृषकहरूलाई कृषि पेशामा प्रोत्साहित गर्न र कृषकहरुको अनुभव आदान प्रदान गर्न गाउँपालिकाले वार्षिक कार्यक्रमका रुपमा प्रत्येक वर्ष माघ ११ गते देखी १३ गतेसम गाउँपालिका स्तरिय कृषि मेला प्रर्दशनीको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने,” कृषि मेला प्रदर्शनीको स्थान भने गाउँपालिका स्तरिय कृषक समन्वय समितिले तोक्ने छ ।”

गेरुवा गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ठ हुन सफल कृषक तथा समुहहरु:
१. आलुबाली तर्फ
जनसेवा कृषक समुह गेरुवा -१, प्रथम
अख्वा कृषक समुह गेरुवा -१, द्वितिय
गरिबी निवारण कृषक समुह गेरुवा-१, तृतिय
श्यामपती चौधरी गेरुवा- ५, सान्त्वना
रामकिसुन थारू गेरुवा – ३, सान्त्वना

२. नगदेबाली तर्फ
दुर्गा भवानी कृषक समुह गेरुवा – ४, प्रथम
जनसेवा कृषक समुह गेरुवा- १, द्वितिय
जनचेतना म,कृषक समुह गेरुवा- ३, तृतिय
गरिवी निवारण कृषक समुह गेरुवा – १, सान्त्वना
भिखनिया चौधरी गेरुवा – ५, सान्त्वना

३. साग तरकारी बाली तर्फ
अख्वा कृषक समुह गेरुवा – १, प्रथम
संझना म. कृषक समुह गेरुवा-४, द्वितिय
देवथान कृषक समुह गेरुवा- १, तृतिय
हरियाली मिश्रीत कृषक समुह गेरुवा -५, सान्त्वना
जनकल्याण कृषक समुह गेरुवा-४, सान्त्वना

४. माछा तथा हाँस तर्क
कृष्ण थारु गेरुवा – ४, प्रथम
हरियाली मिश्रीत कृषक समुह गेरुवा-५, द्वितिय
बुद्धिराम थारु गेरुवा-३, तृतिय

५. काउली बाली  तर्फ
सुनगाभा कृषक समुह गेरुवा-३, प्रथम
राममोती थारू गेरुवा- ५, द्वितिय
ताजा तरकारी उत्पादन कृषक समुह गेरुवा-१, तृतिय
किसान कृषक समुह गेरुवा-४, सान्त्वना

६. खाद्यान्न बाली  तर्फ
यम वहादुर गिरी गेरुवा- ६, प्रथम
धनिराम थारू गेरुवा-४, द्वितिय
सरिता चौधरी गेरुवा- ६, तृतिय
पुर्ण प्रसाद ढकाल गेरुवा- ४, सान्त्वना
जनकल्याय कृषक समुह गेरुवा-४, सान्त्वना

७. फलफुल बाली  तर्फ
देववहादुर जिसी गेरुवा-६, प्रथम
सितल कृषक समुह गेरुवा-३, द्वितिय
सिता चौधरी गेरुवा-५, तृतिय
किसान कृषक समुह गेरुवा-२, सान्त्वना

८. जरे बाली  तर्फ
खुसीराम थारु गेरुवा- ६, प्रथम
मिलीजुली कृषक समुह गेरुवा-५, द्वितिय
सरस्वती म। कृषक समुह गेरुवा-५, तृतिय
चैतेराम थारु गेरुवा-५, सान्त्वना
यमवहादुर गिरी गेरुवा-६, सान्त्वना

९. लहरे बाली  तर्फ
रामकृष्ण थारु गेरुवा-३, प्रथम
मनिषा कृषक समुह गेरुवा-४, द्वितिय
हरियाली कृषक समुह गेरुवा-४, तृतिय
अख्वा कृषक समुह गेरुवा-१, सान्त्वना
फुलवारी कृषक समुह गेरुवा -३, सान्त्वना

१०. स्टल सजावट तर्फ
सन्देश कृषक समुह गेरुवा-४, प्रथम
कृषि विकास कृषक समुह गेरुवा-४, द्वितिय
अजम्बरी कृषक समुह गेरुवा-५, तृतिय
सप्तरंगी कृषक समुह गेरुवा-३, सान्त्वना
कल्पेश्वर कृषक समुह गेरुवा-६, सान्त्वना

११. झाँकी तर्फ
जनसेवा कृषक समुह गेरुवा-३, प्रथम
होमस्टे कृषक समुह गेरुवा-१, द्वितिय
जनचेतना कृषक समुह गेरुवा-३, तृतिय
कृषक विकास कृषक समुह गेरुवा-४, सान्त्वना
जनकल्याण कृषक समुह गेरुवा-४, सान्त्वना

१२. सांस्कृतिक झलक तर्फ
जनकल्याण कृषक समुह गेरुवा-४, प्रथम
जनसेवा कृषक समुह गेरुवा-३, द्वितिय
चेतनशिल कृषक समुह गेरुवा-१, तृतिय
सयपत्री कृषक समुह गेरुवा-६, सान्त्वना
किसान जनजागरण कृषक समुह गेरुवा-१, सान्त्वना

१३. विविध तर्फ
सितारानी थारु गेरुवा- ४, प्रथम
बुधनी थारु गेरुवा- ४, द्वितिय
कृष्ण चौधरी गेरुवा -३, तृतिय
राम औतार थारु गेरुवा-३, सान्त्वना

प्रतिक्रिया दिनुहोस्: