वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

ईलाका वन कार्यालय राजापुर सुचारु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक ३०, २०७४ ।    

राजापुर,बर्दिया।
केही सातादेखी बन्द भएको ईलाका वन कार्यालय राजापुर सञ्चालनमा आएको छ ।
कोहलपुर स्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले ईलाका वन कार्यालय राजापुरमा कार्यरत वनरक्षक सीतारम थारु घूस लिँदालिँदै पक्राउ गरेपछी चार कर्मचारी तानिएका कारण कामकाज ठप्प थियो ।
पक्राउ परेका वनरक्षक चौधरीको वयानका आधारमा सहायक वनअधिकृत सगुन थापा, फरेस्टर र वनरक्षक अरुण चौधरी र सूर्यबहादुर शाही अख्यितारमा तानिएपछी केही साता यता कार्यालय बन्द भएपछि सेवाग्राही मर्कामा परेका थिए ।
वन कार्यालयका प्रमुख बाबु लाल पण्डितले शुक्रबारदेखि रेन्जर सहित राजापुरमा नयाँ कर्मचारी खटनपटन गरिएको जनाएका छन ।
पाँच वर्ष यता वन कार्यालयका कर्मचारी विरुद्ध ६० भन्दा बढी उजुरी परेको बताईएको छ । गत आर्थिक वर्षमा बर्दियाका ३ सहायक वन अधिकृत सहित फरेष्टर र वनरक्षक घूस लिँदालिँदै प्रमाण सहित पक्राउ परेका थिए । वनमा छुटपुर्जी, दरपीट लगायत विविध नाममा आर्थिक अनुचित रकम लिने गरेको भन्दै उजुरी पर्ने गरेको अख्तियारका अधिकृत नारायणदत्त उपाध्यायले बताए । चार वर्षयता तत्कालीन जिल्ला वन अधिकृत प्रभु यादव सहित नौ जना कर्मचारीलाई दोषी ठहर गरी जागिरबाट बर्खास्त भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: