वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

इलाका प्रहरी कार्यालय सानोश्रीको भवन उद्घाटन; महिला र पुरुष हिरासत कक्ष भिन्न

        प्रेम बुढा   |   प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७३ ।    

तस्बिर: प्रेम बुढा

सानोश्रीताराताल, बर्दिया ।
बर्दियाको सानोश्रीताराताल नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय सानोश्रीको नवनिर्मित भवन आज एक समोरोहका बिच उद्घाटन भएको छ ।
मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक माधव प्रसाद नेपालले शिलालेख अनावरण र रिवन काटेर भवनको उद्घाटन गर्नु भएको हो ।

बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाको विशेष आतिथ्यतामा भएको भवन उद्घाटन समोरोहमा क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख, दंगा नियन्त्रण प्रहरी प्रमुख, बर्दिया जिल्लाका प्रहरी प्रमुख लगाएत संगठनका उच्चपदस्त व्यक्तित्वहरुका साथै स्थानिय राजनितिक दलहरुका प्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी, पत्रकार तथा स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
स्थानिय बासी पञ्चे बाजा सहित भवन उद्घाटन कार्यक्रममा पुगेका थिए ।
१ करोड ५५ लाख १८ हजार २ सय ८२ रुपैया लागतमा बनेको ३ तले पक्की भवन शान्ति तथा पुननिर्माण मन्त्रालय शान्तिकोष सचिवालयको सहयोगमा निर्माण भएको प्रहरी अधिकारीले जानकारी दिएका छन ।

“प्रहरीले यस क्षेत्रमा हाल ३ वटा मात्रै काम गरेको छ” समारोहमा बोल्दै मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालय प्रमुख माधव नेपालले भन्नु भयो,”शुन्य सहनशिलता, चोरी निकासी विरुद्धको अभियान र लागु औधषको नियन्त्रण ।”
उहाले प्रहरी कर्मचारीलाई उज्यालो मुहारले जनताको सेवा गर्नु आग्रह गर्नुभयो ।
त्यस्तै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले इलाका प्रहरी कार्यालय सानोश्रीको स्तरोन्नतीको लागि प्रयास भईरहेको जानकारी दिनुभयो ।
तत्कालिन द्वन्दकालको समयमा नेपालभरी प्रहरीका ७६८ भवनमा पूर्ण तथा आंसिक क्षति पुगेकोमा मध्यपश्चिमाञ्चल क्षेत्रमा मात्रै २२४ भवनमा सो किसिमको क्षति भएको थियो । जसमध्य हालसम्म ६० वटा भवनको मात्रै पुन:निर्माण भएको र १६४ वटा भवन पुनः निर्माणको पर्खाइमा रहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बर्दिया जिल्लामा ६ वटा भवनमा क्षति भएकोमा हालसम्म पाताभारमा र सानोश्रीताराताल नगपालिकाको ईलाका प्रहरी कार्यालय गरि २ वटा भवनको मात्र पुनःनिर्माण भएको पनि कार्यालयले जनाएको छ ।
बर्दियाको सानोश्रीताराताल नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको आज उद्घाटित नव निर्मित भवनमा अभियूक्त महिला र पुरुषलाई छुट्टा छुट्टै राख्ने हिसासत कक्षको सुविधा थपिएको छ ।
भवन शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्तिकोषको सचिवालयको सहयोगमा संचालित प्रहरी ईकाइ पुन:निर्माण आयोजना अन्तर्गत पि.यू.आर.पि.(Police Unit Reconstruction Project) फेज १ अन्तर्गत बनेको हो ।
समारोहमा भवन निर्माण समतिका संयोजक राधिका बोहरा लगाएतका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: