वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

इमान्दारले फिर्ता दिए भेटाएको मोबाईल

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, पुस १३, २०७४ ।    

बगनाहा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका–३, मानपुर गाउँकी सरस्वती थारु  सिंह र राधिका कुमारी थारुले बाटोमा भेटाएको मोबाईल सेट सम्बन्धित ब्यक्तिलाई फिर्ता गरेका छन ।

महत्वपूर्ण नम्बर सहितको मोबाईल हराएर तनावमा रहेका ठाकुरबाबा नगरपालिका वडा नं.-३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले मोबाईल फिर्ता पाएपछि खुसी ब्यक्त गरेका छन । वडा अध्यक्ष थारुले बर्दिया अनलाईनसंग कुरा गर्दै उनी जस्तो इमान्दार ब्यक्ति पाउन मुस्किल रहेको बताए ।

थारु द्वयले बुधबार साँझ ठाकुरबाबा नगरपालिकाको बनकट्टीमा फेला परेको मोबाईल सेट ठाकुरबाबा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष थारुलाई वडा कार्यालयमै गएर बिहिबार फिर्ता गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्: