वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

आफ्नो गाउँ आफै सफा गरौँ भन्दै जुटे स्थानिय महिला समुह

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस १६, २०७४ ।    

नेउलापुर,बर्दिया।
बर्दियाको ठाकुरबाबा नगरपालिका ३ नेउलापुरका बासिन्दाले गाउँघर सफा सुन्दर बनाउन शुक्रबारदेखि समुह गठन गरि सरसफाइ गर्न सुरु गरेका छन् । थारु समुदाय बिकास मन्चले गठन गरेको लाली गुँरास कृषक समुहका २६ जना महिलाले आफ्नो गाउँ आफै सरसफाई गरौ भन्दै शुक्रबारबाट सरसफाई गर्न सुरु गरेका हुन ।
शुक्रबार पहिलो पटक शिब मन्दिर चोक देखि जम्ती पुलसम्म र शिब मन्दिर चोक देखि सरस्वती निम्न माद्यामिक बिद्यालय सम्म करिब २ किलो मिटर सरसफाइ गरिएको समुहकी अध्यक्ष मिना थारुलाई उद्रित गर्दै बिमला ढकालले जनाएकी छिन । अब देखि हरेका महिनाको १४ गते र २९ गते गाउँ सरसफाइ गर्ने थारुले बताईन । सरसफाई अभियानले नेउलापुर गाउँलाई नमुना गाउँ बनाउन सहयोग पुग्ने विश्वास उनिहरुको छ ।


नेउलापुर गाउँलाई नमुना गाउँको रुपमा बिकास गर्न नेउलापुरका सम्पुर्ण एकजुट भएर सरसफाई गर्न लागेका हुन । घरबाट निस्केको फोहोरलाई ब्यबस्थीत गर्ने घर वरिपरी खाल्डाखुल्डीमा पानी जम्न नदिने तथा फोहोर ब्यबस्थापन गरि नमुना गाउँ निमार्ण गर्न अभियान थालिएको छ ।
सरसफाइ गर्न सुरु भए पछि ठाकुरबाबा नगरपालिका सफा र सुन्दर हुनमा नेउलापुर गाउँले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: