वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

आफैलाई कारवाहीको माग गर्दै यातायात व्यवसायीद्वारा जिप्रका बाँकेमा ज्ञापनपत्र

        भगतराम थारु   |   प्रकाशित मिति: आइतवार, माघ २३, २०७३ ।    

नेपालगन्ज, बाँके।
यातायात व्यवसायी आफैलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा यातायात व्यवसायीहरुले आज ज्ञापनपत्र बुझाएका छन् ।
यातायात व्यवसायीहरुले गर्दा सर्वसाधारण यात्रुहरुलाई ज्यादती भएको भन्दै आज जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई ज्ञापनपत्र बुझाएका हुन् । यात्रुलाई जवरजस्ती तानातान गर्ने प्रबृति बढिरहेको भन्दै यसलाई कम गर्न ज्ञापन पत्र बुझाएको यातायात व्यवसायीहरुले बताएका छन् । नेपाल सरकारले लागु गरेको रुट परमिटको ख्यालै नगरी आफु मनपर्दो बस संचालन गरेको भन्दै कानुन उलंघन गर्ने यातायात व्यवसायीलाई कारवाहीको माग गर्न जिल्ला प्रशासन पुगेको यातायात व्यवसायी प्रमोद धितालले बताउनुभयो । सरकारको मापदण्ड पुरा नगरी दिवा सेवाले रात्री बस संचालन गरिरहेको समेत उहाँले बताउनुभयो ।

नेपालगन्ज बसपार्कबाट देशका कुना कुनामा जाने गाडीका स्टापहरुले गर्दा सर्वसाधारणलाई सास्ती खेप्न परिरहेको कारण नियम विपरित कार्य गर्ने जो कोहीलाई कारवाहीको माग गर्न बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको व्यवसायीहरुको भनाई छ । सिसामा एसी, डिलक्स लेखी सर्वसाधारणलाई झक्याउने प्रबृति अथाह रहेको कारण सर्वसाधारणयात्रुलाई सुरक्षित र आरामदायीका साथ पु¥याउन नियम विपरित चल्ने गाडीलाई कानुनी कारवाही गर्न अर्का यातायात व्यवसायी तिर्थराज पोखरेलले बताउनुभयो ।

गाडी चढ्न बसपार्क पुगेका यात्रुको झोला एकातिर हुन्छ भने यात्रु अर्का बसमा जवरजस्ती तान्ने प्रबृत्ती दिनहु बढिरहेको कारण यसलाई रोकथामको लागि स्थानिय प्रशासनले चासो देखाउन आवश्यक रहेको पोखरेलले बताउनुभयो । बसपार्कमै २४ औं घण्टा प्रहरीकै अगाडी खोसाखोस तानातान हुदा समेत प्रहरी मुगदर्शक बनेको अर्का व्यवसायी केशव राज उपाध्ययाको आरोप छ । नेपालगन्ज बसपार्कमा पुग्ने यात्रुलाई सुरक्षित पु¥याउने वाचाका साथ लागेको व्यवसायी झन तानातान गर्ने गरेको उहाँले बताउनुभयो । यसले गर्दा राज्यले बनाएको निति नियमलाई इमान्दारीपुर्वक पालन गर्ने व्यवसायी मर्कामा परिरहेको व्यसायीहरुको भनाई छ । नेपालगन्ज बसपार्क क्षेत्रमा भैरहेको यस्तो खाले घटनालाई चाडो भन्दा चाडो व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो । प्रहरी तथा व्यवसायी जो कोहीले सर्वसाधारण यात्रुलाई जवरजस्ती गर्ने गरेको पाइएमा कारवाही गरिने प्रजिअ पन्थले बताउनुभयो ।

यस्तो खाले घटनामा संलग्न ३/४ जनालाई कारवाही गरिसकेको समेत प्रजिअ पन्थले बताउनुभयो । सरकारले बनाएको निति नियम विपरित चल्ने जुनसुकै यातायात व्यवसायीलाई कानुनकारवाहीको दायरामा ल्याउने उहाँले बताउनुभएको छ । ज्ञापनपत्रमा ३० जना यातायात व्यवसायीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: