वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

आधारभुत सहकारी लेखापालन तालिम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, चैत्र १९, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मधुवन नगरपालिका १, सुर्यपटुवाको आयोजनामा आधारभुत सहकारी लेखापालन तालिम शनिबार सम्पन्न भएको छ ।
संस्थाको कार्यक्षेत्रमा रहेका समुहका सचिब तथा सदस्यहरुलाई लेखा ब्यवस्थापनमा दक्ष बनाउने उद्देश्यले १७ गते विहीबार देखी सुरु भएको तालिममा प्रशिक्षक हरी प्रसाद चौधरीले लेखा ब्यवस्थापन सम्बन्धी प्रशिक्षण गर्नु भएको थियो ।
सम्पन्न कार्यक्रममा संस्थाद्धारा संचालित समुहका सचिव तथा सदस्यहरु गरी ३० जनाको सहभागीता रहेको थियो । कार्यक्रम लेखा संयोजक चन्द्र बहादुर स्वारको आतिथ्यता, संस्थाका भूतपुर्व अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष राम बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: