वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

आठौँ राष्ट्रिय प्रतियोगिताः हकीमा नेपाल पुलिस र आर्मी फाइनलमा प्रवेश

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, बैशाख ४, २०७६ ।    
Loading...

नेपालगञ्ज (बाँके) ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जमा जारी हकी प्रतियोगितामा नेपाल पुलिस क्वल र त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेका छन् । नेपालगन्जस्थित मंगल प्रसाद (एम.पी.) माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ५–४ गोलले पराजित गरि पुलिस र प्रदेश ५ लाई ट्राईबेकरमा पराजित गरि आर्मी फाइनलमा प्रवेश गरेका हुन् ।

पुलिस र प्रदेश ७ वीच भएको खेलमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि सडन डेथमा प्रहरीले सुदूरपश्चिमलाई ५–४ गोल अन्तरले पाखा लगायो । मंगलवार विहान भएको अर्को सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ । ट्राइबेकरमा प्रदेश ५ लाई ४–२ गोलले पराजित गरि आर्मीले पुलिससँगको फाइनल यात्रा त गरेको हो । तेस्रो पदका लागि बुधवार विहान प्रदेश ५ र प्रदेश ७ तथा पुलिस र आर्मी वीचको फाइनल खेल बेलुकी ४ वजे मंगलप्रसाद माविको खेल मैदानमा हुने भएको छ ।

यसैवीच, आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत महिला हकी प्रतियोगितामा मंगलवार विहान भएको खेलमा प्रदेश २ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ लाई ३–० गोलले पाखा लगाउँदै प्रदेश २ सेमिफाइनलमा प्रवेश गरेको हो । प्रदेश २ की मधुकुमारी ७ औँ मिनेटमा गोल गरिन् । भने, ३३ औँ मिनेटमा अस्मिता राई र ४९ औँ मिनेटमा गीता मिरिङछिङले गोल गरिन् । प्रदेश १ ले ६ वटा पेनाल्टी कर्नर पाए पनि सदुपयोग गर्न सकेन ।

बुधवार विहान सेमीफाइनलको खेल हुने भएको छ । सेमिफाइनलको पहिलो खेल प्रदेश २ र प्रदेश ७ वीच हुने छ । भने, विहान नै नेपाली सेना र गण्डकी प्रदेश बीच दोस्रो खेल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: