वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

आठौँ राष्ट्रिय प्रतियोगिताः हक्कीमा गण्डकी र प्रदेश नं. २ बराबरी, पुलिसद्वारा ३ नं. प्रदेश ३–० ले पराजित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५ ।    

विश्वराज पछल्डङ्ग्या/बाँके ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रवार भएको पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश नं. २ ले बराबरी अंक बाँडेका छन् । प्रतियोेगितामा गण्डकी प्रदेशका खेलाडी राजन नेपालीले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरे ।
उत्रीय पनि खेलको अन्यतिर प्रदेश नं. २ का अर्जुन खड्काले ५१ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकियो ।
त्यसैगरि शुक्रवार विहान भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव ३–० गोलले विजयी भएको छ । प्रदेश नं. ३ सँग भएको खेलमा पुलिसले लगातार दवावमा राखेको थियो । खेलको ६ औँ र ५० औँ मिनेटमा प्रहरीका रोमण राणाले दुई गोल गरे । प्रहरीको तर्फबाट १४ औँ मिनेटमा राजेन्द्र कार्कीले गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।
शुक्रवार बेलुकी प्रदेश नं. ५ र कर्णाली प्रदेश वीच हुने भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...