वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

बर्दियामा बन्दै गरेका खेल मैदान र कभर्डहलको मन्त्री विश्वकर्माद्वारा निरिक्षण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, साउन ११, २०७५ ।    
भुरिगाउँ, बर्दिया ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण भईरहेका बर्दियाका विभिन्न खेलकुद मैदान तथा कभर्डहलहरुको निरिक्षण गरेका छन। ।
बर्दियाको बाँसगढीमा निमार्णधिन कबड्डी ऐकेडमी, भुरिगाउँमा निमार्ण भइरहेको खोखो कर्भड हल, ठाकुरद्धाराको  खेल मैदान र सदरमुकाम गुलरिया रहेको खेल मैदानका साथै निमार्णाधिन कर्भड हलहरु बिहीवार युवा तथा खेलकुद मन्त्री विश्वकर्माले निरिक्षण गरेका हुन ।
निरिक्षणका क्रममा मन्त्री विश्वकर्माले निमार्णाधिन कर्भड हलहरु निमाण कार्य तीब्र गतीले अघि बढाउन निर्देशन दिदै कर्भड हल निमार्णका क्रममा कुनै समस्या आए तत्काल केन्द्रमा जानकारी गराउन मन्त्री विश्वकर्माले आग्रह गरे ।  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र गतीमा अघि बढेको सन्देश दिन आफु खेलमैदान निरिक्षणमा निस्केको बताए ।
आगामी मंसिर २१ देखि २८ गतेसम्म बाँकेको नेपालगंजमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु बाँके सहित बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देहीमा संचालन हुने छन् ।
बर्दियामा खेलकुद प्रतियोगिताका ६ वटा विधाहरु संचालन हुने जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए । बर्दियाको बाँसगढी, भुरिगाउँ, ठाकुरद्वारा र गुलरियामा प्रतियोगिताका विभिन्न खेल विधाहरु संचालन हुने छन् । त्यस्तै भेटघाटका क्रममा ठाकुरबाबा नगरपालिकाको खेलकुद बिकासका सन्दर्भमा नगरप्रमुख घननारायण श्रेष्ठले मन्त्री विश्वकर्मालाई अवगत गराएका थिए ।
अनुगमन कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, नगर उपप्रमुख कृष्णा कुष्मा थारु, बाँसगढि नगरपालिकाका नगरप्रमुख, बढैयाताल गाउँपालिकाका अध्यक्ष लगायतको उपस्थिती रहेको कर्भड हल निर्माण समितीका महेन्द्र पंगेनीले बताए ।

खोखो खेलका पदक विजेताहरुलाई सम्मान

यसैबिच मन्त्री विश्वकर्माले खोखो खेलका अन्तराष्ट्रिय पदक विजेता खेलाडी गोपीप्रसाद तिमिल्सेना, करिष्मा बोगटी, सिर्जना शाही र ललिता थारुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैगरि खोखो खेलका राष्ट्रिय खेलाडी हरी वली, चन्द्रकान्त भण्डारी र पार्वती विकलाई पनि मन्त्री विश्वकर्माले सम्मान गरेका थिए । मन्त्रि विश्वकर्माले गाउँगाउँबाट राष्ट्रिय स्तरका खेलाडी तयार हुनुमा आफुलाई गर्व लागेको भन्दै खेलाडीहरुको प्रशंशा समेत गरे ।
प्रतिक्रिया दिनुहोस्: