वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

आचार्यको हत्यामा संलग्न तीन जना बर्दिया प्रहरीद्वारा सार्वजनिक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ २४, २०७४ ।    

गुलरिया, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलाती गाउँका १७ वर्षिय बालकृष्ण आचार्यको हत्या प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । आचार्यको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले तीन जनालाई बुधवार सार्वजनिक गरेको हो ।


हत्या आरोपमा पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ का २२ वर्षीय रमेश राजबंशी, १७ वर्षीय हरिनारायण दहित चौधरी र कैलालीको जानकी गाउँपालिका–६ का २० वर्षीय विकाश चौधरी रहेको बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए । हरीनायण दहित चौधरीलाई गाउँबाटै, विकाश चौधरीलाई कैलालीबाट र रमेश राजबंशीलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
माघ १५ गते राती पेरहनी गाउँको विवाह भोजमा गएका बालकृष्ण आचार्यको हत्या गरी मसुरो बारीमा फालेको अवस्थामा शव तीन दिन पछी भेटिएको थियो । विवाह भोजमा आएका चारै जना मदीरा पिएर परालमा सुतिरहेका बेला आपसी विवाद गरी मुक्का र चिरपट प्रहार गरी आचार्यको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दा दायर गरी थप अनुसन्धान भईरहेको बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले बताए ।

——

प्रतिक्रिया दिनुहोस्: