वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

चितुवाको आक्रमणमा परि बर्दियामा एक महिला गम्भिर घाईते

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर ५, २०७४ ।    

मधुवन, बर्दिया। 
चितुवाले आक्रमण गरी मंगलबार बर्दिया राष्ट्रिय निकुञ्ज नजिक खाता संरक्षित क्षेत्र भित्र पर्ने सामुदायिक वनमा एक महिलालाई गम्भीर घाईते बनाएको छ।
खाता संरक्षीत क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काटन गएका बेला आक्रमण गर्दा मधुवन नगरपालिका-३ की ५० वर्षिय विष्णु बुढाथोकी घाईते भएको प्रहरीलाई उद्द्रित गर्दै मधुवनबाट हरी गुरुङले जनाएका छन ।

घाँस काटन संगै गएका साथीहरुले होहल्ला गरेपछी चितुवाले घाईते अवस्थामा महिलालाई छाडेको स्थानियले बताएका छन् । आक्रमणबाट घाईते बुढाथोकीको घाँटीमा र खुट्टा ठुलो घाउ लागेको छ । घाईतेलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: