वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

आँधीहुरीका कारण बर्दियामा विद्युत सेवा अवरुद्ध, १६ घरको छाना उडायो

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, जेष्ठ २४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
आँधीहुरीले बर्दियामा सोमबार बेलुका देखि विद्युत् सेवा समेत अवरुद्ध भएको छ । आँधीहुरीले बाँकेको ३७ केभि प्रसारण लाईनमा समस्या आएका कारण विद्युत सेवा अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गुलरीया वितरण शाखाका प्रमुख अबधेश कुमार गुप्ताले बताउनुभयो ।
बर्दियाका विभिन्न ठाउँमा पोल ढलेका र तार चुँडीएका कारण मर्मत कार्य चलिरहेको छ । सदरमुकाम गुलरीया सहित बर्दियामा बुधवार विहान सम्म मात्र विद्युत आउने उहाँले बताउनुभयो ।
आँधीहुरी संगै आएको पानीका कारण बर्दियामा १६ वटा घरमा क्षती पुर्याएको छ । गुलरीया नगरपालिकामा ९ वटा घर, मधुवन नगरपालिकामा ६ वटा घर र राजापुर नगरपालिकामा एउटा घर टायल र टिनको पाताले छाएका घरका छानो फालेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: