वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

गजल: अब गरीबले उजुरी पनि कहाँ दिने होला ?

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, पुस २९, २०७४ ।    

दिपक आचार्य “जलन”

सत्य बोल्नेलाई हतकडी र सजाय हुन्छ ।
भ्रष्टहरुकै मेरो देशमा उच्च निकाय हुन्छ।

अब गरीबले उजुरी पनि कहाँ दिने होला?
न्यायको मन्दिरमा स्वयम् अन्याय हुन्छ ।

जायज माग राखेर कोहि अनसन बसेकाछ्न,
अन्धा र ठालुहरुलाई रमिता बोल्न पाए हुन्छ ।

कालो बजारी छ, स्वास्थ्यमा नि राजनीति छ,
यहाँ भ्रष्ट मुस्कुराउँछ, गरीब असाह्य हुन्छ ।

जनको हकहितमा बोल्न नि सक्दैनौ भने,
ए सरकार ! तिमीले पनि चुरा लगाए हुन्छ ।

बर्दिया
हाल : साउदी अरब

प्रतिक्रिया दिनुहोस्: