अबैध सामान प्रहरीको नियन्त्रणमा
कालिका, बर्दिया ।
भन्सार छलेर अबेध रुपमा ल्याउदै गरेको समान प्रहरी चौकी कालिकाले नियन्त्रणमा लिएको छ । सिमावर्ती बलैबजार वाट भन्सार छलेर ल्याउदै गरेको अन्दाजी २७ हजार ५ सय मूल्य बराबरको कपडाजन्य सामान हजो शुक्रबार अन्दाजी ३ः० बजेको समयमा प्रहरी चौकी कालिकाले बरामद गरेको हो ।
सिरक, डस्ना, बल्यांकेट लगाएको सामान ल्याउदै गरेको अवस्थामा कालिका ८ स्थित रिमझिम चौक बाट बाँसगढी न.पा. वार्ड नं १० कालाबञ्जार बस्ने बर्ष ४० का गौतम यादब भन्ने ब्यक्तिलाई नियन्त्रणमा लिई थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय मैनापोखरमा पठाईएको प्रहरी चोकी कालिकाकी ईन्र्चाज प्रहरी साहयक निरीक्षक लालसरी बाहोराले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्: