वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

अपांगता भएका ब्यक्तिहरुका लागि घर दैलोको अभियान मार्फत निर्वाचन शिक्षा सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, चैत्र ३१, २०७३ ।    

गुलरिया, बर्दिया ।
बर्दिया अपांग पुनस्र्थापना केन्द्रले अपांगता भएका ब्यक्तिहरुको लागि निर्वाचन शिक्षा सम्बन्धि अभिमुखिरण कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न गरेकोे छ ।
बैशाख ३१ हुने स्थानिय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका र मतदान गर्न योग्यता पुगेका अपांगता भएका मतदाताहरु सम्म घर दैलोको अभियान मार्फत निर्वाचन सम्बन्धि शिक्षा पु¥याउने उद्देश्यले अभियानका अगुवाहरुको लागि मतदाता शिक्षा समबन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवन कुमार शाहीले गाउँ सभा, नगर सभा जिल्ला सभाको  निर्वाचन प्रणाली  गाउँ कार्यपालिका, नगर कार्यपालिका र जिल्ला समन्वय समितिको गठन प्रकृया र निर्वाचनमा उमेद्बार हुन चाहीने योग्यता लगाएतको बारेमा सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: