वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा बअ सहकर्मी भावुक योगी सम्मानित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, अशोज १५, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
२७ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँमा विभिन्न कार्यक्रम भएको छ ।

दिवसको अवसरमा बर्दिया अनलाइन (बअ) सहकर्मी भावुक योगीलाई जेष्ठ नागरिक चौतारी भुरीगाउँले सम्मानित गरेको छ ।

जेष्ठ नागरिकका विषयमा समाचार सम्प्रेशण गरेकाले रेडियो
टाइगरका स्टेशन प्रमुख तथा नेपाल पत्रकार महासंघ बर्दियाका सचिव समेत रहेका बअ सहकर्मी योगीलाई दोसल्ला ओढाइ सम्मानित गरिएको हो ।

यसैबिच जेष्ठ नागरिक चौतारीको आयोजनामा एक कार्यक्रम गरी ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ र २ का ८० वर्ष भन्दा माथिका २९ जना जेष्ठ नागरिकलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको जेष्ठ नागरिक चौतारीका अध्यक्ष लक्ष्मीकान्त तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्: