वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

अन्जना र पूजा भुटानी लिग खेल्ने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, असार १, २०७६ ।    

काठमाडौं ।
राष्ट्रिय महिला फुटबल टिमकी सदस्यद्वय अन्जना मगर र पुजा रानाले भुटानी लिग खेल्ने भएका छन् । अर्को महिना सुरु हुन लागेको भुटानी लिगमा राष्ट्रिय महिला फुटबल टिमकी दुई महत्वपुर्ण सदस्यले खेल्ने तय भएको हो ।
दुवै खेलाडीले भुटानकाे सनराइज फुटबल क्लबबाट महिला लिग खेल्नेछन् । महिला साफ यु–१९ खेल्न भुटान गएको समय नेपाली खेलाडीमा भुटानी क्लबले चासो देखाएका थिए । भुटानको महिला लिग जुलाई १८ बाट २० सम्म सञ्चालन हुदैछ ।
अन्जना नेपालको महिला फुटबल टिमकी दोस्रो रोजाईको गोलकिपर हुन् । पुजा नेपाली महिला टिमकी नियमित डिफेन्डर हुन् ।
एन्फा स्रोतका अनुसार दुवै खेलाडीले भुटानी लिग खेल्ने पक्का भएको र केही दिनमा कागजी प्रक्रिया पुरा हुनेछ ।
डिफेन्डर रानाले भुटानी टिमबाट खेल्नका लागि प्रस्ताव आएको बताईन् । विदेशमा गएर लिग खेल्न पाउनु राम्रो रहेको उल्लेख गर्दै उनले टिमलाई च्याम्पियन बनाउन कोशिश गर्ने बताईन् ।
‘भर्खरै मात्र नेपाली खेलाडीले भारतमा गएर टिम च्याम्पियन बनाएर आएका छन् । हामीले नि देशको नाम त राख्न परो हैन ?’ उनले प्रति प्रश्न गरिन् । पुजा र अन्जना दुवै विभागी टिम आर्मीबाट महिला फुटबल खेल्दै आईरहेका छन् ।
यसअघि नेपालकी सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय महिला लिगमा सेथु फुटबल क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए । सावित्राकै प्रभावशाली प्रर्दशनमा सेथुले महिला लिगको उपाधि उचालेको थियो ।
खेलपाटीको सहयोगमा।

प्रतिक्रिया दिनुहोस्:


Loading...