वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

शिक्षक संगठनको अध्यक्षमा निराजन चापागाँई सर्वसम्मत

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, माघ २८, २०७४ ।    

गुलरिया, बर्दिया ।
निराजन चापागाँईको अध्यक्षतामा २४ सदस्यिय जिल्ला कार्य समिति सर्बसम्मत चयन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाको १२ औँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
२६ र २७ गते बर्दियाको गुलरियामा भएको अधिबेशनबाट उपाध्यक्षमा शिव कोईराला, महिला उपाध्यक्षमा गौरी सापकोटा, सचिवमा कमल सुबेदी, कोषाध्यक्षमा नारायण अधिकारी, सहसचिवमा शोभा ज्ञवाली, सहकोषाध्यक्षमा रैमती रसाईलीलाई चयन गरिएको छ । जिल्ला समितिमा भुगोलबाट गुलरिया नगरपालीकाबाट २ जना र अन्य बाट १/१ जना, महिला सदस्यमा ५ जना, समाबेशी तर्फ २ जना, संस्थागत बिद्यालयबाट २ जना र पुर्ब शिक्षकहरुबाट २ जना सदस्य छनोट गरिएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधी मोतिराम शर्मा, प्रमोद धिताल, ढाकाराम लामिछाने, गोपाल सुबेदी र सिता लामिछानेलाई छनोट गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष खुमलाल शर्मा, केन्द्रिय सदस्यहरु शिव कुवर, अम्बिका चापागाँई, भेरी अञ्चल कोषाध्यक्ष ईश्वरी खनाल, नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष हरि ज्ञवाली, उपाध्यक्ष लालबहादुर श्रेष्ठ, सचिव शालिकराम अधिकारी लगायत शिक्षक संगठनका अन्य पदाधिकारीहरुको अधिबेशनमा उपस्थिति रहेको थियो । जिल्ला कार्य समिति अध्यक्ष लोकमणी आत्रेयको अध्यक्षतामा भएको अधिबेशनमा जिल्ला भरीका संगठनमा आबद्ध १ हजार २ जना सदस्यहरुको सहभागिता रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: